एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा
बिहिबार, २९ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। मनाङ मर्स्याङ्दी क्लब आहा रारा! पोखरा गोल्ड कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा एपीएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मनाङले अर्को चरणको यात्राम तय गरेको हो।
पहिलो हाफमा एपीएफले १–० को अग्रता बनाएको थियो। एपीएफका युवराज राईले ११औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। तर, दोस्रो हाफमा मनाङले उत्कृष्ट पुनरागमन गर्यो। ५७औं मिनेटमा रोनिश राजभाकले बराबरी गोल फर्काए। त्यसपछि ७७औं मिनेटमा सुरेश कुमालले निर्णायक गोल गर्दै मनाङलाई २–१ को जित दिलाए।









-1770898265562.jpg&w=3840&q=75)
-1770894249103.jpeg&w=3840&q=75)



-1770830065585.jpeg&w=3840&q=75)