मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

मंगलबार, २७ माघ २०८२खेलपाटी संवाददाता
बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो
mustang rice ad

काठमाडौं। मध्यपूर्वी फुटबल अहिले तीव्र तनाव र अनिश्चितताले चर्चामा रहेको छ। विवादास्पद ट्रान्सफरपछि अल–हिलालबाट डेब्यु गरेका करिम बेन्जेमाले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन्।

गत बिहीबार अल–आखदुदविरुद्ध ६–० को विशाल जितमा उनले ह्याट्रिक गर्दै एक असिस्ट पनि गरे। यस जितसँगै २० खेलबाट ५० अंक जोडेको अल– हिलालले लिग तालिकाको शीर्षस्थान अझ बलियो बनाएको छ।

तर, सहरको अर्को छेउमा भने दृश्य बिल्कुल फरक छ। क्रिस्टियानो रोनाल्डो लगातार दोस्रो खेलमा अल–नासरको जर्सीमा मैदानमा उत्रिएनन्। शुक्रबार अल– इत्तिहादलाई २–० ले हराउँदै अल– नासर दोस्रो स्थानमा रहे पनि क्लब, लिग र रोनाल्डोबीचको द्वन्द्व तत्काल समाधान हुने संकेत देखिएको छैन।

विवादको सुरुआत बेन्जेमाको ट्रान्सफरबाट

यो विवाद केही दिनअघि सुरु भएको हो। करिम बेन्जेमाले अल– इत्तिहाद छोड्ने निर्णय गरे। २०२३ मा बालोन डि’ओर जितेपछि जेद्दाहको क्लबमा पुगेका बेन्जेमाले पछिल्लो पटक प्रस्ताव गरिएको नयाँ सम्झौतलाई ‘अपमानजनक’ भन्दै अस्वीकार गरेका थिए।

प्रस्तावमा तलब उल्लेख्य रूपमा घटाइने र आफ्ना १०० प्रतिशत इमेज राइट्स क्लबलाई सुम्पनुपर्ने शर्त थियो। यसपछि साउदी अरबको सबैभन्दा सफल क्लबमध्ये एक अल– हिलालले ३८ वर्षीय स्ट्राइकरलाई भित्र्याउन गोप्य वार्ता सुरु गर्‍यो।

अल– हिलाल, अल– नासर र अल– अहलीजस्तै पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) को समर्थनमा चल्ने क्लब भएकाले यो कदमले रोनाल्डोलाई झन् असन्तुष्ट बनायो।

रोनाल्डोको असन्तुष्टि किन?

रियल मड्रिडमा नौ सिजन सँगै खेलेर १३ उपाधि जितेका बेन्जेमा र रोनाल्डोबीचको सम्बन्ध चर्चित छ। रोनाल्डोका लागि अल– हिलालले ठूलो स्टार ल्याउँदा अल– नासर भने ट्रान्सफर बजारमा लगभग निष्क्रिय रहनु विभेदपूर्ण व्यवहार जस्तै लाग्यो।

तर, अल– नासरले जुन ट्रान्सफर विन्डोमै करिब ८० मिलियन युरो खर्च गरिसकेको हुँदा पछिल्लो विन्डोमा उनीहरू निष्क्रिय बनेका हुन्।

रोनाल्डो पछिल्ला दुई खेलमा अल– रियाद र अल– इत्तिहादविरुद्ध मैदानमा देखिएनन्। यसपछि साउदी प्रो– लिगले सार्वजनिक रूपमा चेतावनी दिँदै कुनै पनि खेलाडी क्लबभन्दा माथि हुन नसक्ने स्पष्ट सन्देश दियो। लिगले सबै क्लब समान आर्थिक संरचनाभित्र स्वायत्त रूपमा सञ्चालन हुने पनि जनाएको छ।

तर, चेतावनीका बाबजुद रोनाल्डो डर्बी खेलमा पनि अनुपस्थित रहे। समर्थकहरूले स्ट्यान्डमा ‘७’ नम्बरको ब्यानर देखाएर उनको समर्थन जनाए। पत्रकार फाब्रिजियो रोमानोका अनुसार रोनाल्डोलाई कुनै शारीरिक समस्या थिएन, न त प्रशिक्षक जर्जे जेसुससँग व्यक्तिगत विवाद नै।

यसैबीच क्लबभित्र अर्को परिवर्तन पनि भयो। रोनाल्डोका नजिक मानिने स्पोर्टिङ डाइरेक्टर सिमाओ कौतिन्हो र जनरल म्यानेजर होजे सेमेदोले आफ्नो शक्ति गुमाए, जसलाई क्लबभित्र रोनाल्डोको प्रभाव घटाउने कदमका रूपमा हेरिएको छ।

भविष्य अनिश्चित

४१ वर्षीय रोनाल्डोको अल– नासरसँगको सम्झौता २०२७ को जुनसम्म छ। उनी वार्षिक २०० मिलियन डलरभन्दा बढी पारिश्रमिक पाउँछन् र करिब ५० मिलियन युरोको रिलिज क्लज रहेको छ। यति ठूलो सम्झौताका बाबजुद पनि उनको भविष्य अन्योलमा परेको छ।

साउदी प्रो– लिगको मुख्य रणनीति नै विश्वप्रसिद्ध खेलाडी भित्र्याउने भएकाले रोनाल्डोजस्तो स्टार गुमाउनु ठूलो धक्का हुनेछ। अब सबैको चासो आगामी मंगलबार तुर्कमेनिस्तानको अर्कादागविरुद्ध एएफसी च्याम्पियन्स लिगको खेलमा रोनाल्डो मैदानमा उत्रिन्छन् कि उत्रिँदैनन्? यसको उत्तर समयले नै दिनेछ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

Bajaj Pulsar Motorcycle Ad
बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने