३ पाकिस्तानी खेलाडीसम्मिलित पर्वतमाथि आर्मीको रोमाञ्चक जित
बुधबार, १४ माघ २०८२खेलपाटी संवाददाता
-1769622014281.jpeg&w=3840&q=75)
पोखरा। त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ ३ पाकिस्तानी खेलाडीसम्मिलित पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार सम्पन्न चौथो तथा अन्तिम खेलमा आर्मीले पर्वतलाई ३–२ को सेटमा पराजित गरेको हो। पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट १५–२५ ले गुमायो।
तेस्रो सेटमा २५–२२ ले जित निकालेको आर्मीले चौथो सेटमा पुनः १३–२५ ले पर्वतलाई सुम्पिदा खेल पाँचौं सेटमा धकेलियो। निकै प्रतिष्पर्धात्मक भएको पाँचौं सेटमा आर्मीले २०–१८ जित निकाल्दै खेल आफ्नो पक्षमा पार्यो।
जितसँगै आर्मीले ४ खेलबाट ५ अंक जोडेको छ। पराजित भएको पर्वतले ४ खेलबाट ९ अंक बनाएको छ। समान ४ खेल खेलेको गण्डकीको ९ अंक छ। ४ खेल खेलेको पुलिसको ७, एपीएफको ६ अंक हुँदा माल्दिभ्स अंकविहिन छ।













