बुधबार, १४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

थाइल्यान्डलाई हराउँदै बंगलादेश महिला टी–२० विश्वकपमा छनोट

बुधबार, १४ माघ २०८२खेलपाटी संवाददाता
थाइल्यान्डलाई हराउँदै बंगलादेश महिला टी–२० विश्वकपमा छनोट
mustang rice ad

काठमाडौं। बंगलादेशले आगामी जुन–जुलाईमा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आफ्नो स्थान पक्का गरेको छ।

बंगलादेशले बुधबार छनोट चरणको सुपर सिक्समा थाइल्यान्डलाई ३९ रनले पराजित गर्दै विश्वकपको टिकट सुरक्षित गरेको हो।

बंगलादेशले दिएको १६६ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो। सुपर सिक्स चरणमा ६ अंकसहित शीर्ष स्थानमा रहँदै बंगलादेशले आगामी टी–२० विश्वकपमा सहभागिता सुनिश्चित गरेको हो।

लक्ष्य पछ्याउने क्रममा थाइल्यान्डले राम्रो सुरुआत गरेको थियो। १३.२ ओभरमा ३ विकेट गुमाउँदै ८३ रन बनाइसकेको थियो। तर, त्यसपछि बंगलादेशी बलरहरूको दबाबमा परेर अन्तिम ४० बलमा ५ विकेट गुमाउँदै मात्र ४३ रन जोड्न सक्यो।

थाइल्यान्डकी नाथाकान चन्थामले ४१ बलमा ७ चौकासहित सर्वाधिक ४६ रन बनाइन्। नारुएमोल चाइवाइले ३० र नान्नापात कञ्चारोएनकाइले २९ रन जोडिन्।

बंगलादेशकी मरुफा अख्तर सबैभन्दा सफल बलर रहिन्। उनले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिइन्। रितु मोनी र स्वर्णा अख्तरले २–२ तथा फाहिमा खातुनले १ विकेट लिइन्।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो।

बंगलादेशको जितमा ओपनर जुयाइरिया फेर्दौस र चौथो नम्बरमा ब्याटिङ गरेकी सोबहाना मुस्तारीले महत्त्वपूर्ण भूमिका खेले। दुवैले अर्धशतक प्रहार गरे। १२ रनमै दुई विकेट गुमाएको अवस्थामा जुयाइरिया र सोबहानाबीच ११० रनको साझेदारी भएको थियो।

जुयाइरियाले ४५ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाइन् भने सोबहानाले ४२ बलमा ९ चौका र १ छक्काको मद्दतले ५९ रन जोडिन्। सोबहाना मुस्तारी उत्कृष्ट प्रदर्शनका लागि ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

अन्त्यतिर रितु मोनीले ६ बलमा ३ चौकासहित १५ रनको छोटो तर, प्रभावकारी इनिङ्स खेल्दै टोलीलाई बलियो योगफलमा पुर्‍याइन्।

थाइल्यान्डकी थिपात्चा पुथ्थावोंगले २२ रन खर्चेर ३ विकेट लिइन्। ओनिचा कामचम्फु र फानिता मायाले समान २ र १ विकेट हात पारिन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

श्रीलंकासँगको सिरिज इङ्ल्यान्डले जित्यो

श्रीलंकासँगको सिरिज इङ्ल्यान्डले जित्यो

विश्वकप खेल्ने या नखेल्नेबारे पाकिस्तानले अर्को हप्तासम्म निर्णय लिने

विश्वकप खेल्ने या नखेल्नेबारे पाकिस्तानले अर्को हप्तासम्म निर्णय लिने

पाकिस्तानले विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्न सक्ने सम्भावना

पाकिस्तानले विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्न सक्ने सम्भावना

Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा पुलिसको जित, फाइनल सम्भावना कायमै

विभागीय डर्बीमा पुलिसको जित, फाइनल सम्भावना कायमै

थाइल्यान्डलाई हराउँदै बंगलादेश महिला टी–२० विश्वकपमा छनोट

थाइल्यान्डलाई हराउँदै बंगलादेश महिला टी–२० विश्वकपमा छनोट

टाइगर कपका खेल बहुउद्देश्यीय कभर्डहलमा सारियो

टाइगर कपका खेल बहुउद्देश्यीय कभर्डहलमा सारियो

समीरको २ गोलसँगै एपीएफ शीर्षस्थानमा

समीरको २ गोलसँगै एपीएफ शीर्षस्थानमा

विश्वकप २०३० को फाइनल स्पेनमा हुने

विश्वकप २०३० को फाइनल स्पेनमा हुने

मौसमका कारण छैटौं टाइगर कपका खेल प्रभावित

मौसमका कारण छैटौं टाइगर कपका खेल प्रभावित

श्रीलंकासँगको सिरिज इङ्ल्यान्डले जित्यो

श्रीलंकासँगको सिरिज इङ्ल्यान्डले जित्यो

लेवान्डोव्स्कीको स्थानमा अल्भारेजलाई भित्र्याउने सुरमा बार्सिलोना

लेवान्डोव्स्कीको स्थानमा अल्भारेजलाई भित्र्याउने सुरमा बार्सिलोना