श्रीलंकासँगको सिरिज इङ्ल्यान्डले जित्यो

काठमाडौं। जो रुट र ह्यारी ब्रुकले शतक प्रहार गरेपछि इङ्ल्यान्डले तेस्रो एकदिवसीय खेलमा श्रीलंकालाई ५३ रनले पराजित गर्दै सिरिज २-१ ले जितेको छ।
श्रीलंकाले पहिलो एकदिवसीय १९ रनले जितेको थियो भने इङ्ल्यान्डले दोस्रो एकदिवसीय ५ विकेटले जितेको थियो।
निर्णायक खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको इङ्ल्यान्डले ५० ओभरमा ३ विकेट गुमाएर ३५७ रन बनाएको थियो। कप्तान ह्यारी ब्रुकले उत्कृष्ट अविजित १३६ रन बनाए भने जो रुट १११ रनमा अविजित रहे।
दुई ब्याट्सम्यानले चौथो विकेटका लागि १९१ रनको खेल जित्ने साझेदारी गरे। ३५८ रनको लक्ष्य पछ्याउँदै श्रीलंका ४६.४ ओभरमा ३०४ रनमा अलआउट भयो। पवन रथनायकेले टोलीका लागि सर्वाधिक १२१ रन बनाए।
उनले आफ्नो पहिलो एकदिवसीय शतक बनाए। तर, उनी टोलीलाई जित दिलाउन असफल भए। ओपनर पाथुम निस्सान्काले ५० रन बनाए।जो रुट र ह्यारी ब्रुकले शतक प्रहार गरेपछि इङ्ल्यान्डले तेस्रो एकदिवसीय खेलमा श्रीलंकालाई ५३ रनले पराजित गर्दै सिरिज २-१ ले जितेको छ।
श्रीलंकाले पहिलो एकदिवसीय १९ रनले जितेको थियो भने इङ्ल्यान्डले दोस्रो एकदिवसीय ५ विकेटले जितेको थियो।
निर्णायक खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको इङ्ल्यान्डले ५० ओभरमा ३ विकेट गुमाएर ३५७ रन बनाएको थियो। कप्तान ह्यारी ब्रुकले उत्कृष्ट अविजित १३६ रन बनाए भने जो रुट १११ रनमा अविजित रहे।
दुई ब्याट्सम्यानले चौथो विकेटका लागि १९१ रनको खेल जित्ने साझेदारी गरे। ३५८ रनको लक्ष्य पछ्याउँदै श्रीलंका ४६.४ ओभरमा ३०४ रनमा अलआउट भयो। पवन रथनायकेले टोलीका लागि सर्वाधिक १२१ रन बनाए।
उनले आफ्नो पहिलो एकदिवसीय शतक बनाए। तर, उनी टोलीलाई जित दिलाउन असफल भए। ओपनर पाथुम निस्सान्काले ५० रन बनाए।








-1769407824233.jpeg&w=3840&q=75)







