समूह चरणबाटै बाहिरियो नेपाल
सोमबार, १२ माघ २०८२खेलपाटी संवाददाता
-1769407824233.jpeg&w=3840&q=75)
काठमाडौं। नेपाल आईसीसी टी–२० महिला विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको छ।
स्कटल्यान्डसँग ७२ रनले पराजित भएसँगै नेपाल अघिल्लो चरणमा पुग्न असफल भएको हो। १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ९ विकेट गुमाउँदै ६८ रन मात्र बनाउन सक्यो।
नेपालले ४ खेलमा एक जितसहित २ अंक मात्र बटुल्न सक्यो। नेदरल्यान्ड्स र स्कटल्यान्डले समान ६ तथा थाइल्यान्डले ४ अंक जोडे। यी तीन टोली समूह ‘बी’ बाट सुपर सिक्समा प्रवेश गरे। जिम्बाब्वे भने सबै चार खेलमा पराजित हुँदै यसअघि नै बाहिरिसकेको थियो।
स्कटल्यान्डबाट अब्ताहा मक्सुदले ३ विकेट लिइन्। उनले ४ ओभरमा १४ रन खर्चिइन्। क्याथ्रिन ब्रिसले २ विकेट लिइन् भने राचेल स्लेटर र ओलिभिया बेलले समान १ विकेट राखिन्।















