सीता हजार रन पूरा गर्ने तेस्रो खेलाडी
शनिबार, १० माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर सीता रानामगरले टी-२० आई करिअरमा हजार रन पूरा गरेकी छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफारमा जिम्बेबेविरुद्व उक्त कोशेढुंगा पार गरेकी हुन्।
सीता हजार रन पूरा गर्ने तेस्रो नेपालीमा क्रिकेटर हुन्। यसअघि कप्तान इन्दु बर्मा र रुविना क्षेत्री बेलबासेले यो उपलब्धि हासिल गरिसकेकी छन्।
सीताले ६६ खेलमा एक अर्धशतकसहित हजार रन पूरा गरेकी हुन्।












-1769236048505.jpeg&w=3840&q=75)
