'कुमार'ले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचनमा दीर्घबहादुर केसी (कुमार)को नेतृत्वमा संस्थापन इतर पक्ष चुनावमा जाने भएको छ ।
राष्ट्रिय खेलकुद परिषदको निर्देशन र अदालतको अन्तरिम आदेश बिपरित एन्फा निर्वाचन अघि बढेपछि इतर पक्षले केसीको नेतृत्वमा प्यानल सहित चुनावी मैदानमा उत्रने तयारी गरेको हो ।
एन्फा स्रोतका अनुसार केसीले शुुक्रबार अध्यक्ष पदको मनोनयन फारम बुझेका छन
। निर्वाचन तालिका अनुसार शनिबार मनोनयन दर्ता गरिने कार्यक्रम रहेको छ ।
संस्थापन ईतर पक्षबाट कर्माछिरिङ शेर्पाले उम्मेदवारी दिने तयारी भएपनि अदालतको आदेशका कारण सो पक्षले केसीलाई अघि बढाएको हो ।
एन्फाभित्र ब्यक्तिगत रुपमा सबैभन्दा बढी भोट बैंक रहेको मानिएका केसीलाई अघि बढाएर निर्वाचनमा चुनौती दिने रणनीति शेर्पा पक्षले गरेको छ ।
फुटबल चलाउन नसकेको भन्दै एन्फामा अर्ली निर्वाचन घोषणा गरेका पंजकबिक्रम नेम्वाङनै नयाँ नेतृत्वका लागि अघि बढ्ने तयारी गरेका छन् । पछिल्लो साढे तीन वर्षमा एन्फा नेतृत्वमा बसेर लाभ लिएका ब्यक्तिहरुको समर्थनमा नेतृत्वमा दोहोरिने नेम्वाङको दाउ छ ।







-1768550031655.png&w=3840&q=75)






