टिकापुरको सानदार जित

हिमालयन मनोज, धनगढी। युथ अफ टिकापुरले नवौं लिटिल फ्लावर प्राइड लिगमा सानदार जित हात पारेको छ।
सोमबार सम्पन्न खेलमा टिकापुरले धनगढी रोयल्सलाई ८ विकेटले पराजित गरेको हो। जितसँगै टिकापुरले दुई अंक जोडेको छ।
धनगढीले दिएको ५९ रनको सामान्य लक्ष्य पछ्याएको टिकापुरले ७.१ ओभरमा २ विकेट गुमाउँदै ६२ रन बनायो।
टिकापुरका सन्दीप साउदले सर्वाधिक १८ रन बनाए। १८ बल खेलेका उनले समान १ चौका र १ छक्का प्रहार गरे।
दिनेश रावत १३ रनमा अविजित हुँदा केशव विष्ट १५ र नितेश न्यौपाने ३ रनमा अविजित रहे।
धनगढीका दीपक चन्दले १ विकेट लिए।
त्यसअघि फाफ्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको धनगढीले निर्धारित १२ ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो।
धनगढीका रोशन साउदले सर्वाधिक २० रन बनाए। २४ बल खेलेका उनले २ चौका प्रहार गरे। लक्ष्मण साउद १८ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
टिकापुरका आदेश परियार र नितेश न्यौपानले समान ३ विकेट लिए।
पारस तिमल्सिनाले २ विकेट लिँदा सोलुप चौधरी र सागर रावलले समान १ विकेट राखे।












-1768190196463.webp&w=3840&q=75)



