सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित
आइतबार, २७ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। ओपनर सम्झना खड्का र उपकप्तान पूजा महतोको सानादर ब्याटिङसँगै नेपालले वार्म अप खेलमा अमेरिकामाथि रोमाञ्चक जित हात पारेको छ।
आइतबार सम्पन्न खेलमा नेपाल ४ विकेटले विजयी भएको हो। अमेरिकाले दिएकफ १५८ रनको लक्ष्य नेपालले ६ बल बाँकी रहँदा ६ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालकी सम्झानाले सर्वाधिक ४९ रन बनाइन्। ३२ बल खेलेकी उनले ३२ बलमा ६ चौका र २ छक्का प्रहार गरिन्। पूजाले अविजित रहँदै २८ बलमा ६ चौका र १ छक्कासहित ४१ रन बनाइन्।
काजोल श्रेष्ठ २८, कविता जोशी १२ र विन्दु रावल १० रनमा आउट भइन्।















