काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सुविधा बढाउने बिषयमा पहल गर्ने भएको छ । दुई बर्षदेखि रोकिएको खेलाडीको तलब उपलब्ध गराउन सफल राखेपले खेलाडीको सेवा सुविधा वृद्वि गर्ने बिषयमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीसंग पहल गर्ने भएको हो ।
‘वन डे मान्यता पाएसंगै नेपाली क्रिकेटको हैसियत समेत बढेको छ । सोही अनुसार खेलाडीको सेवा सुविधामा बढाउने बिषयमा राखेपले पहल गर्ने भएको हो ।’ राखेपका प्रेस सल्लाहाकार रोहित दाहालले भने ।
नेपाली क्रिकेटको आधिकारिक संस्था क्रिकेट संघ क्यान निलम्बनकाे अवस्थामा रहदाँ क्रिकेटरले पाउने मासिक तलब रोकिएको थियो । क्यान आन्तरिक किचलाेमा फसेपछि आईसीसीले खेलाडीकाे तलब राेकेर राखेकाे थियाे ।
राखेपले पहलमा आईसीसीले दुई बर्षबाट रोकिएका नेपाली क्रिकेटरको तलब निकासा गरेको छ ।
‘एक दिवसीय मान्यतापाएपछि निश्चित रुपमा खेलाडीको स्तर र हैसियत फेरिएको छ । सोही अनुसार खेलाडीको सेवा सुविधा बढ्न पर्छ भन्ने हाम्रो पहल हो । हामी यसै बिषयमा आईसीसी पहल गर्ने भएका छौ ।’ दाहालले खेलपाटीसंग भने ।
क्यान निलम्बनमा रहेको अवस्थामा रोकिएको खेलाडीको तलब आईसीसीले राष्ट्रिय खेलकुद परिषद राखेपको खातामा पठाएको हो ।
सम्झौता अनुसार आईसीसीले २१ खेलाडीको दुई बर्षबाट रोकिएको १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ खेलाडीको तलब निकासा भएको छ ।