प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी क्वार्टरफाइनलमा
बुधबार, १६ पौष २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज, लमजुङ। प्रताप राई नायक बनेसँगै आयोजक त्रिवेणी युथ क्लब ३३औं त्रिवेणी कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
त्रिवेणी रंगशालामा बुधबार सम्पन्न खेलमा घरेलु टोलीले काठमाडौंको श्री भगवती फुटबल क्लबलाई २–० ले पाखा लगाएको हो।
योसँगै त्रिवेणीले सेमिफाइनलमा प्रवेश गर्न लमजुङकै अर्को टोली मर्स्याङ्दीसँग खेल्ने भएको छ। मर्स्याङ्दीले चितवनको सूर्यपूरलाई पाखा लगाउँदै अन्तिम ८ मा स्थान पक्का गरेको थियो।
खेलको सुरुआतदेखि नै दबाबमा राखेको त्रिवेणीले २९औं मिनेटमा प्रतापको गोलमार्फत सुरुआती अग्रता लिएको थियो।
६७औं मिनेटमा उनले नै दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे।
प्रतियोगिताबाट बाहिरिने भगवती काठमाडौंको चौथो क्लब हो। यसअघि नै न्युरोड टिम (एनआरटी), चित्लाङ एफसी र सातदोबाटो युथ क्लब घर फर्किसकेका छन्।








-1767150421112.webp&w=3840&q=75)
-1767162700754.jpg&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)

