काठमाडौं । झापा स्पोर्टस अवार्डमा फुटबलका नवयुग श्रेष्ठ र जुडोकी देबिका खड्का बर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च झापाले शनिबार आयोजना गरेको अवार्ड कार्यक्रममा पुरुषतर्फ नवयुग र महिलातर्फ देबिका उत्कृष्ट बर्ष खेलाडी भएका हुन् ।
अवार्डसंगै नवयुगले मोटरसाईकल र देबिका स्कुटर प्राप्त गरिन् ।
नवयुगले फुटबलकै बिशाल राई र देबेन्द्र तामाङलाई पछाडी पार्दै अवार्ड जितेका हुन् । देबिकाले भने फुटबलकी एन्जिला लिम्बु र कराँतेकी एस्तर राईलाई पछाडी पार्दै झापाको बर्ष खेलाडी घोषित भएकी हुन् ।
लाईफटाईम अचिभमेन्ट अवार्डबाट भलिबलका तेजप्रताब सुब्बालाई ३५ हजार सहित सम्मान गरियो । लोकप्रिय अवार्ड भने अनन्त तामाङले जिते ।
युवा खेलाडीमा एथ्लेटिक्सका प्रकाश दनुवार उत्कृष्ट ठहरिए । दुवै विधाका उत्कृष्टले २५ हजार हात पारे ।