भीएआरसँग हार्यो युनाइटेड
बुधबार, १६ पौष २०८२खेलपाटी संवाददाता
-1767150421112.webp&w=3840&q=75)
काठमाडौं। म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा वुल्भ्ससँग १–१ को बराबरीमा रोकिएको छ।
योसँगै छैटौं स्थानमा रहेको युनाइटेडले १९ खेलबाट ३० अंक पुर्याएको छ। वुल्भ्स समान खेलबाट ३ अंकसहित रेलिगेसन जोनमा छ।
खेलको २७औं मिनेटमा जोशुआ जिर्क्जीको डिफ्लेक्ट भएको प्रहारबाट युनाइटेडले अग्रता लिएको थियो। तर हाफटाइम नजिकिँदै गर्दा वुल्भ्सका लाडिस्लाभ क्रेइचीले शक्तिशाली हेडरमार्फत बराबरी गोल गरे।
योसँगै नोभेम्बरमा जिम्मेवारी सम्हालेयता वुल्भ्सका प्रशिक्षक रोब एड्वर्ड्सले पहिलो अंक प्राप्त गरेका छन्। इन्जुरी टाइममा प्याट्रिक डोर्गुले गरेको गोल भीएआरले अफसाइड ठहर गरेपछि युनाइटेड जितबाट बञ्चित रह्यो।
अन्तिम सिटी बज्दा युनाइटेड समर्थकहरूको हुटिङ सुनियो भने वुल्भ्स समर्थकहरूले ‘हामीले एक अंक जित्यौं’ भन्दै खुशी मनाए।






-1767149980626.webp&w=3840&q=75)



-1767098144368.jpg&w=3840&q=75)

