लाङ्दीदेवी अन्तिम ८ मा
मंगलबार, १५ पौष २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज, लमजुङ। ३३औं त्रिवेणी कपबाट काठमाडौंको अर्को टोली बाहिरिएको छ।
मंगलबार सम्पन्न खेलमा मोफसलको लाङ्दीदेवीले काठमाडौंको चित्लाङ एफसीमाथि १–० को जित निकाल्दै क्वार्टरफाइनलको यात्रा तय गरेको हो।
योसँगै लाङ्दीदेवीले सेमिफाइनल प्रवेश गर्न भानु युनाइटेडसँग खेल्ने भएको छ। भानुले काठमाडौंकै न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको थियो।
लाङ्दीदेवीको जितमा रिचर्ड विलियम्सनले गरेको गोल नै निर्णायक बन्यो। उनले ८६औं मिनेटमा गोल गरेका थिए।
रिचर्ड नै खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए।










-1767098144368.jpg&w=3840&q=75)

-1767081985409.jpeg&w=3840&q=75)