शनिबार, १२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

शनिबार, १२ पौष २०८२खेलपाटी संवाददाता
रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित
Classic Tech Internet Ad

काठमाडौं। नेपाल रग्बी संघको १३औं वार्षिक साधारण सभामा १ करोड ३५ लाख रुपैयाँको बजेट पास भएको छ।

शनिबार आयोजित साधारण सभामा संघका कोषाध्यक्ष दीपक अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो। सभामा अधिकारीले अर्को वर्षको लागि कुल १ करोड ७ लाखको अनुमानित बजेट पेस गरेका थिए।

सात प्रदेश, ५८ जिल्ला र ७ वटा राष्ट्रिय क्लबमध्ये अधिकांशको सहभागिता रहेको साधारण सभामा संघका अध्यक्ष दीपक देवकोटाले संघको दायरा बढाउँदै विदेशमा पनि शाखा खोल्ने प्रस्ताव पेस गरेका थिए। जसलाई साधारण सभाले सर्वसम्मत रूपमा पारित गर्‍यो।

उनले भने,‘समूहगत खेलमा नेपालमा रग्बीको भविष्य निकै राम्रो छ। हामी त्यही अनुरूप अभियान थालिरहेका छौं। अन्तर्राष्ट्रिय प्रायोजक खोज्न सके र अन्तर्राष्ट्रिय रूपमा रहेका हाम्रा सहकर्मीहरूको साथले हामीले यो अभियानलाई अगाडि बढाउन सक्छौं।’

यस्तै संघका महासचिव गोविन्द घिमिरेले यस वर्षको कार्य प्रगति विवरण र आगामी वर्षको संघको योजना प्रस्तुत गरेका थिए। यस वर्ष रग्बीले बंगलादेशमा सम्पन्न रग्बी सिरिज जितेर इतिहास रचेको थियो भने दशरथ रंगशालामा १७ देशको सहभागितामा पुरुष तथा महिला एसिया रग्बीको आयोजना गरेको थियो।

उक्त प्रतियोगितामा महिला टोलीले उज्बेकिस्तानलाई पराजित गरेको थियो। महासचिव घिमिरेले प्रस्तुत गरेको आगामी वर्ष २०२६ को भावी योजनामा भने विद्यालय तहको प्रतियोगितालाई प्राथमिकता दिएको छ।

यसअघि साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले उद्घाटन गरेका थिए। सो अवसरमा उनले रग्बीको वर्ष २०२५ को उत्कृष्ट पुरुष खेलाडी नेपाली सेनाका नवीन बहादुर मगर र महिला तर्फको उत्कृष्ट खेलाडी नेपाली सेनाकै मनीषा घिसिङलाई पुरस्कृत गरेका थिए।

त्यस्तै उनले राखेपमा भर्खरै सदस्य नियुक्त भएका रग्बी संघका सदस्य सन्त कुमार मेहता, अञ्जना श्रेष्ठ मास्के र मधेस प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्य निशेष कुमार श्रेष्ठलाई सम्मान गरे।

समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव टंक घिसिङले रग्बीलाई व्यावसायिक बनाउन सबै पक्षले पहल गर्नुपर्ने बताए। उनले रग्बीको स्थायी खेल स्थल निर्माणमा जोड दिँदै यसमा पहल सुरु भइसकेकोले पुरा गर्नमा सबैले जोड दिनुपर्ने बताए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

Bajaj Pulsar Motorcycle Ad
रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

एपीएफको जितमा समीरको ह्याट्रिक

एपीएफको जितमा समीरको ह्याट्रिक

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित

मुम्बई सिटीबाट लगानी फिर्ता लिँदै म्यानचेस्टर सिटी ग्रुप

मुम्बई सिटीबाट लगानी फिर्ता लिँदै म्यानचेस्टर सिटी ग्रुप

 १५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

१५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

कोशीले आर्मीलाई सकेन

कोशीले आर्मीलाई सकेन

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

एपीएफसामु मधेश स्तब्ध !

एपीएफसामु मधेश स्तब्ध !