रोमा सिरी ‘ए’ को शीर्ष स्थानमा पुग्न वञ्चित
-1766281833800.webp&w=3840&q=75)
काठमाडौं। युभेन्ट्ससँग शनिबार २–१ ले पराजित भएपछि रोमा सिरी ‘ए’ को शीर्ष स्थानमा पुग्ने अवसरबाट वञ्चित भएको छ।
युभेन्ट्सका लागि फ्रान्सिस्को कोन्सेइसाओ र लोइस ओपेन्डाले गोल गरे। थोमासो बाल्दान्जीको गोलले खेलको अन्त्यतिर रोमान्चक स्थिति बनेको थियो। यस जितसँगै १६ खेलबाट २९ अंक जोडेको युभेन्ट्स चौथो स्थानमा रहेको रोमाभन्दा मात्र एक अंक पछाडि पुगेको छ।
जियान पिएरो गास्पेरिनीको टोलीले जित निकालेको भए सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको इन्टर मिलानसँग (३३) अंक बराबरी गर्ने थियो। रोमाभन्दा माथि रहेका तीन टोली इन्टर मिलान र बोलोन्या भने साउदी अरेबियामा भइरहेको इटालियन सुपर कपमा सहभागी थिए।
युभेन्ट्सबाट पाँच पटक सिरी ‘ए’ उपाधि जितेका पाउलो डिबालाले खेलको सुरुआतमै रोमालाई अग्रता दिलाउने सुनौलो अवसर पाएका थिए। तर, उनको प्रहार निकै कमजोर हुँदा बल सिधै युभेन्ट्सका गोलकिपर मिकेले दी ग्रेगोरियोको हातमा पुग्यो।
हाफटाइमको समयमा युभेन्ट्सले खेलको खाता खोल्यो। कोन्सेइसाओले गोल गरे। ७०औं मिनेटमा ओपेन्डाले खाली पोस्टमा सजिलै गोल गरे।
पाँच मिनेटपछि रोमा खेलमा फर्कियो। वेस्लीले उत्कृष्ट प्रयासमा बल खोसेर लुइस फर्गुसनतर्फ पास दिए। फर्गुसनको कोणबाट आएको प्रहार दी ग्रेगोरियोले रोके तर रिबाउन्डमा बाल्दान्जीले ट्याप–इन गर्दै गोल गरे।
८०औं मिनेटमा युभेन्ट्सका यिल्दिजको प्रहार दायाँ पोस्टमा लागेर फर्कियो। त्यसपछि दुवै टोलीले प्रयास गरे पनि अन्तिम समयमा कुनै निर्णायक गोल हुन सकेन।






-1766280673568.webp&w=3840&q=75)




