मलेसियामाथि नेपालको जित

काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपालको महिला क्रिकेट टिमले दोस्रो खेलमा जित निकालेको छ ।
शनिबार सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टोलीमाथि ६ विकेटको जित निकालेको हो ।
मलेसियाले प्रस्तुत गरेको ९२ रनको लक्ष्य नेपालले २२ बल बाँकी छदै ४ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा उपकप्तान पुजा महतोले शानदार प्रर्दशन गरिन् । उनले ३९ बलमा ३९ रनको शानदार ईनिङ्स खेलिन् । कप्तान इन्दु वर्मा २७ रनमा नटआउट रहिन् । रुबि पोदारले १५ रनको योगदान गरिन् ।
सुरुवाती ब्याटिङ गरेको मलेसियाले ४ विकेट गुमाएर ९१ रन बनाएको थियो । आइना हामिजा हासिमले ५० रनको शानदार ईनिङ्स खेलेपनि अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।
नेपालकी सुमन विष्टले २ तथा कबिता कुवरले १ विकेट लिईन् ।
सिरिजको पहिलो खेल मलेसियाले जितेको थियो । मलेसिया भ्रमणमा रहेको नेपालले ५ म्याचको टी ट्वान्टी सिरिज खेल्ने तालिका छ ।














