पाकिस्तानमाथि भारतको सहज जित
२०२५ सेप्टेम्बर १४, आइतबारAdmin User

काठमाडौं। भारतले एसिया कपमा पाकिस्तानलाई सजिलै पराजित गरेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा आइतबार सम्पन्न खेलमा भारत ७ विकेटले विजयी भएको हो।
पाकिस्तानले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो। सो लक्ष्य भारतले ३ विकेट गुमाउँदै सहजै पार गर्यो।
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानको सुरुआत नै खराब भयो। पहिलो ओभरमै साइम अय्यूब आउट भए भने दोस्रो ओभरमा मोहम्मद हारिसले विकेट गुमाए। दुई ओभरमै ६ रनमा २ विकेट गुमाएपछि दबाबमा परेको पाकिस्तानलाई शाहिबजादा फारहान (४४ बलमा ४० रन) र फखर जमन (१५ बलमा १७ रन) ले केही समय सम्हाले। तर, उनीहरू पनि लामो समय टिक्न सकेनन्।