इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
शुक्रबार, असार २७, २०८२खेलपाटी संवाददाता

काठमाडौं। इटाली पहिलोपल्ट आइसीसी टी २० विश्वकपमा छनोट भएको छ।
युरोपेली क्षेत्रीय छनोटमा दोस्रो स्थानमा रहँदै इटालीले विश्वकपमा स्थान बनाएको हो।
इटालीले ४ मध्ये २ खेलमा जित हात पार्यो। त्यसमा स्कटल्यान्डविरूद्वको १२ रनको ऐतिहासिक जित महत्त्वपूर्ण रह्यो।
जर्सीसँगको खेल भने रद्द भएको थियोे।















