आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री

एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री

२०२५ जुलाई ११, शुक्रबारखेलपाटी संवाददाता

एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री

काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण रोक्न आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्।

शुक्रबार विज्ञप्ति जारी गर्दै उनले दोस्रो संस्करण नियमअनुसार आयोजक संस्था नेपाल क्रिकेट संघ (क्यान) बाटै सञ्चालन हुने अपेक्षा राखेको बताए। तर, उक्त संस्करण रवक्न आफ्नो संलग्नता रहेको भन्दै प्रचार गरिउकोप्रति दुखेसो पोखेका छन्।

सम्बन्धित समाचार
  • एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा

‘एनपिएलको दोस्रो संस्करण नियमअनुसार आयोजक संस्थाबाटै सञ्चालन हुने अपेक्षा राखेको अवस्थामा सो संस्करण रोक्नका लागि मेरो संलग्नता भएको भनि प्रचार गरिनु गलत विषय हो,’ उनले भनेका छन्। 

एनपिएलको पहिलो संस्करणमा आयोजक क्यानको आन्तरिक आर्थिक कारोबारलगायतका विषयलाई लिएर विषय उठिरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत फागुन १२ गते दर्ता उजुरी दर्ता भएको थियो। त्यसको दुई दिनपछि खेलकुदमन्त्री चौधरीले मन्त्रीस्तरीय निर्णय गर्दै एक कार्यदल गठन गरेका थिए। 

अख्तियारमा उजुरी परेको विषय छानबिन गर्न पत्राचार भए बमोजिम नियमानुसार छानबिन कार्यदल गठन गरिएको उनले बताएका छन्। कार्यदलले प्रतिवेदन असार २५ गते बुझाइसकेको उनले दाबी गरेका छन्। बिहीबार मात्रै कार्यदलकी संयोजक रञ्जना प्रधानले पदबाट राजीनामा दिएकी थिइन्।

तर, उक्त विषयलाई अतिरञ्जित गर्ने कार्य भइरहेको चौधरीले दाबी गरेका छन्। तर, कार्यदलले बुझाएको प्रतिवेदन मन्त्रालयले अध्ययन गर्ने र कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए।

‘एनपिएलको आगामी संस्करण निरन्तरताकै पक्षमा छानबिन कार्यदलको प्रतिवेदनमा समेत उल्लेख भएको अवस्थामा यस्ता गलत प्रचारले क्रिकेटप्रेमी आम जनसमुदाय, खेलाडी र प्रतिस्पर्धी टिमको मनोबल गिराउने भएकाले त्यस्तो किसिमको भूमिका नखेलि दिनु हुन सम्बद्ध सबैमा अनुरोध गर्दछु,’ उनले भनेका छन्।

खेल संघ/महासंघ भित्रको आर्थिक, प्रशासनिक गतिविधि पारदर्शी र प्रचलित कानुन नियमानुसार हुनुपर्ने उनले स्मरण पनि गराएका छन्। 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

२७ बलमै हार्‍यो युएई

२७ बलमै हार्‍यो युएई

प्रबोधनीको पुनरागमन

प्रबोधनीको पुनरागमन

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’