शुक्रबार, ०८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन

बिहिबार, २६ असार २०८२खेलपाटी संवाददाता
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्र र नेसनल हाइ पर्फमेन्स सेन्टरको बिहीबार उद्घाटन गरेका छन् । 

दुवै नवनिर्मित संरचना सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा राखेपले निर्माण गरेको हो । उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले केन्द्र र सेन्टरमा रहेका उपकरणका बारेमा पनि जानकारी लिएका थिए ।

उद्घाटनपछि प्रधानमन्त्री ओलीले परिसर हातामै रहेको आउटडोर पौडी पोखरी र हिटिङ पौडीको पनि अवलोकन गरे ।

राखेपले नेपाली खेलकुद इतिहासमा पहिलोपटक खेलाडीका लागि उच्चस्तरको सुविधा सम्पन्न प्रशिक्षण केन्द्र निर्माण गरेको हो । सेन्टरको निर्माणले नियमित रुपमा प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न प्रशिक्षण स्थलको अभावलाई थोरै भए पनि पुर्ति गर्ने राखेपले बताएको छ ।

सेन्टरमा १ सय जनाले एकै पटक अभ्यास गर्न सक्ने छन् । सेन्टरको क्षेत्रफल ७ हजार ५ सय ७८ वर्ग फिट रहेको छ । सेन्टरमा जिम हलको पनि सुविधा छ । त्यसको क्षेत्रफल ४ हजार ९६ वर्ग फिट छ ।

जिमहलमा १० वटा बाथरुम, ३० जनाले एकै पटक प्रयोग गर्न सक्ने चेन्जिङ रुम, लकर रुम, कार्यालय कक्ष, भण्डार कोठा, सुविधा सम्पन्न शौचालय, थेरापी रुम, स्टिम रुम, ट्रेडमिल, इलिप्टिकल, इन्डोर बाइक, सिटेड रो, पुलडाउन, स्क्वाट स्टेन्ड, फङसनल ट्रेनिङ सिस्टम, एङगल्ड लेग प्रेस, लेग एक्सटेन्सन, लेग कर्ल, स्मिथ मसिन, पावर स्टेन्ड, एड्जस्टेबल डिक्लाइन स्टेन्ड, फ्लेट स्टेन्ड, ओलम्पिक फ्लेट स्टेन्ड, डिप÷चिन एसिस्ट, सिटेड काल्फ, वेट प्लेट ट्रि, टु टायर डम्बेल स्टेन्ड, बारबेल ¥याक स्ट्रेट, ब्याक एक्सटेन्सन लगायतका उपकरणहरु रहेका राखेपले जनाएको छ । 

अध्याधुनिक प्रविधिमा खेलाडीको समग्र पक्ष परिक्षण र अनुसान्धान गरी खेलाडीको प्रशिक्षणलाई थप प्रभावकारी बनाउने उदेश्यसहित अनुसन्धान केन्द्र स्थापना गरिएको राखेपको भनाई छ । 

केन्द्रमा पोर्टेबल भीओ, टेस्टिङ डिभाइस, ब्लड लेक्टेट एनालाइजर, सर्फेस इएमजी, मोसन ट्रेकिङ, बीएफआर, एसभीटी (इन ह्यान्ड को ओर्डिनेसन टेस्ट, साइकल इर्गोमिटर, बायो मेकानिक्स फुल सिस्टम विथ सफ्टवेयर, टाइमिङ गेट, इसोकाइनेटेक, डुएल प्लेट र इलेक्ट्रोनिक ह्यान्ड ग्रिप स्ट्रेन्थ डाइनोमिटरलगायतका उपकरण राखिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सीमित श्रोत र साधानका बावजुद खेलाडीले प्रगति गर्नुका साथै देशको गौरव कायम गरेको बताउँदै सेन्टरले खेलाडीको खेल गुणस्तरमा परिवर्तन ल्याउने धारणा व्यक्त गरेका थिए ।

Loading ad...
LiNing Ad
#हाइ पर्फमेन्स सेन्टर

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

युनाइटेड पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

क्यापिटल्सलाई उपाधि

क्यापिटल्सलाई उपाधि

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

 चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा