आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी

काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी

२०२५ जुलाई १०, बिहिबारखेलपाटी संवाददाता

काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइजी काठमाडौं गुर्खाजले दोस्रो संस्करणका लागि नेपाली राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाईलाई नियुक्त गरेको छ।

काठमाडौंले बिहीबार यसको जानकारी दिएको हो। गत संस्करण काठमाडौंको मुख्य प्रशिक्षकको जिम्मेवारी नेपाली टोलीका सहायक प्रशिक्षक वसन्त शाहीले सम्हालेका थिए।

तर, काठमाडौं नेट रनरेटमा पछि पर्दै प्लेअफमा पुग्न चुकेको थियो। काठमाडौंले लिग चरणका ७ खेलमा ४ जितसहित ८ अंक जोडेर पाँचौं स्थानमा रहेर सिजन अन्त्य गरेको थियो।

मोन्टीलाई नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२३ देखि टोलीको मुख्य प्रशिक्षक रहने गरी नियुक्त गरेको थियो। त्यतिखेर क्यानले उनीसँग दुई वर्षको कार्यकाल रहने गरी सम्झौता गरेको थियो। तर, उनी त्यो सम्झौता लम्बाएर चार वर्षमा पुर्‍याउन चाहन्थे।

यद्यपि, ओडिआई मान्यता गुम्ने खतरासँगै दोस्रोपल्ट एसिया कप छनोट र इमर्जिङ टिम्स एसिया कप खेल्ने अवसर गुमाएसँगै उनलाई क्यानले २१ माघ २०८१ मा बिदा दिएको थियो। 

उनको प्रशिक्षणमा नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का अन्तिम १२ मध्ये ११ खेल जितेको थियो। योसँग नेपालले आगामी चार वर्षका लागि ओडिआई मान्यता जोगाएको थियो। उनकै प्रशिक्षणमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सन् २०२३ मा आयोजना भएको एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको थियो।

सन् २०२४ मा नेपालले उनकै प्रशिक्षणमा छनोट चरण पार गर्दै सन् २०१४ पछि पहिलोपल्ट आइसिसी टी–२० विश्वकपसमेत खेल्यो। 

अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भएको विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो। 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

२७ बलमै हार्‍यो युएई

२७ बलमै हार्‍यो युएई

प्रबोधनीको पुनरागमन

प्रबोधनीको पुनरागमन

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’