आसिफले जनकपुरबाटै खेल्ने
बुधबार, असार १८, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइजी जनकपुर बोल्ट्सले मार्की प्लेयर आसिफ शेखलाई रिटेन गरेको छ।
साबिक विजेता जनकपुरले आगामी सिजनका लागि उनलाई रिटेन गरेको हो। जनकपुरले गत संस्करण सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको थियो।















