शुक्रबार, ०८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह

मंगलबार, १७ असार २०८२खेलपाटी संवाददाता
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
Loading ad...
mustang rice ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अवैधानिक नेपाल ओलम्पिक कमिटीका पछि नलाग्न सबै सरोकारवाला पक्षलाई आग्रह गरेको छ । 

सरकारले कारबाही गरेर अवैधानिक घोषणा गरेको जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटीले नेपालको आधिकारिक संस्थाको रुपमा काम कारबाही अघि बढाएपछि खेलकुद मन्त्रालयले मंगलबार बिज्ञप्तिमार्फत अवैधानिक ओलम्पिकको पछि नलाग्न र विश्वास नगर्न सबैमा आग्रह गरेको हो । 

अवैधानिक घोषणा गरिएको नेपाल ओलम्पिक कमिटीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर संघहरुसँग समन्वय गरेर ३० खेललाई आसन्न टोकियो एशियाली खेलकुदमा दर्ता गरेको जानकारी गराएको थियो । 

लगत्तै युवा तथा खेलकुद मन्त्रालयले अवैध ओलम्पिक कमिटीलाई सरकारले मान्यता नदिएको उल्लेख गर्दै मन्त्रालयकै पहलमा ३१ वटा खेल संघको सुचि दर्ता सम्बन्धित निकायमा भैसकेको जानकारी गराएको छ । मन्त्रालयले अवैध ओलम्पिक कमिटीबाट गरिएको कुनैपनि पत्रलाई सरकारी मान्यता दिन नसकिने भएकाले सो कमिटीबाट गरिने सम्पुर्ण कार्य नेपाल कानुन विपरित हुने बताएको हो ।

सरकारको निर्देशन, अदालतको आदेश विपरित जीवनराम श्रेष्ठले नेपाल ओलम्पिक कमिटीको निर्वाचनबाट कार्यसमिति चयन गरेका छन् । तर सरकारले ओलम्पिक चुनावलाई खारेज गर्दै सो कार्यसमितिको नेतृत्वमा कुनैपनि अन्तराष्ट्रिय कार्यक्रममा सहभागी नहुने र ओलम्पिक भवनबाट श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई हटाएर ओलम्पिकको बैंक खाता बन्द गर्नेदेखि ओलम्पिकको बैदेशिक भ्रमणमा रोक लगाउने निर्णय गरेको छ । 

सरकारले कारबाहीको निर्णय गरेपनि अन्तराष्ट्रिय मान्यताको हवाला दिदै श्रेष्ठले पत्रकार सम्मेलनको संख्या मात्र बढाएका छैनन्, ओलम्पिक गतिविधिमा आफ्नो संलग्नताको औचित्य पुष्टि गर्न लागिपरेका छन् । अवैधानिक घोषित ओलम्पिकले गतिविधि बढाएपछि अघिल्लो साता मात्र दुई तिहाई खेलकुद संघले श्रेष्ठ नेतृत्वको ओलम्पिकलाई प्रतिबन्ध लगाउन र आर्थिक गतिविधि छानविन गर्न सरकारसँग माग गरेका छन् ।

खेलकुद संघमा आफु अनुकुलका पात्रलाई गैरकानुनी रुपमा प्रतिनिधिको हैसियत दिलाएर लामो समयदेखि श्रेष्ठले ओलम्पिक र खेलकुदमाथि कब्जा जमाएर बसेका छन् ।

पद छाड्ने समयमा अवैधानिक तरिकाले विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि आफुलाई अध्यक्षमा घोषणा गरेका श्रेष्ठको पदलोलुपताका कारण घरेलु खेलकुद ओलम्पिक विवादको नयाँ झमेलामा फसेको छ । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

युनाइटेड पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

क्यापिटल्सलाई उपाधि

क्यापिटल्सलाई उपाधि

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

 चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा