टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
मंगलबार, असार १७, २०८२खेलपाटी संवाददाता

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० भित्र नेपाली राष्ट्रिय टोलीका एक खेलाडीले पनि स्थान बनाउन असक्षम भएका छन्।
आइसिसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा कुनै खेलाडी परेनन्।
बलिङ वरीयतामा पाकिस्तानकी सादिया इकबाल शीर्ष स्थानमा छन्। अस्ट्रेलियाका अन्नाबेल सदरल्यान्ड दोस्रो र भारतको दीप्ती शर्मा तेस्रो स्थानमा छन्।















