टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
२०२५ जुलाई १, मङ्गलबारखेलपाटी संवाददाता

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा नेपाली राष्ट्रिय टोलीका एक खेलाडी मात्रै अटाएका छन्।
आइसिसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा सीता रानामगर मात्रै अटाएका हुन्। उनी ९९औं स्थानमा छिन्।
उनको वरीयता दुई स्थान तल खस्किएको हो। यसअघि उनी ९७औं स्थानमा थिइन्।