यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
मंगलबार, असार १७, २०८२खेलपाटी संवाददाता

काठमाडौं। साबिक विजेता नेपालले एसिसी यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न घरेलु टोली मलेसियासँग खेल्ने भएको छ।
गत संस्करणमा नेपालले मलेसियामाथि २२१ रनको सानदार जित हात पार्दै उपाधि उचालेको थियो।
समूह ‘ए’को विजेता भएसँगै नेपालले यसपल्ट सेमिफाइनलमा मलेसिया प्रतिद्वन्द्वी पाएको हो। नेपालले समूह चरणका चारै खेलमा जित निकाल्यो। मलेसिया भने समूह ‘बी’को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो।
मलेसियाले ३ जित र १ हारको नतिजा निकाल्यो।
अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेता भिड्ने भएका छन्।















