समूह चरणमा नेपपालको शतप्रतिशत जित
२०२५ जुलाई १, मङ्गलबारखेलपाटी संवाददाता

काठमाडौं। साबिक विजेता नेपालले अपराजित रहँदै एसिसी यु-१६ इस्ट जोन कपको समूह चरणका खेल सकाएको छ।
मंगलबार सम्पन्न समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले पराजित गरेको हो।
योसँगै नेपाल चार खेलमा आठ अंक जोड्दै समूह ‘ए’ को विजेता बन्यो। चारै खेलमा पराजित भुटान अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो।
नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा ६० रनमै समेटियो।
भुटानका शेजाङ दावाले सर्वाधिक १४ रन बनाए। उगेन केल्जाङ चोपेलले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका कप्तान विपिनप्रसाद शर्माले सर्वाधिक ४ विकेट लिए। सूर्य भट्टराई र सचिन भट्टले समान २ विकेट लिए।