काठमाडौं । तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २१ औ संस्करण फागुन पहिलो साताबाट सुरु हुने भएको छ । रुपन्देही फुटबल संघको आयोजनामा सञ्चालन हुने प्रतियोगिता फागुन २ देखि ११ गते सम्म चल्नेछ ।
रुपन्देहीको एन्फा टेक्निकल सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा ए डिभिजनका क्लब सहित १० टिमको सहभागिता रहनेछ । प्रतियोगिताकोको विजेताले ८ लाख ८० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले ५ लाख ५० हजार पाउने रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष कुमार केसीले बताए ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ । विधागत तर्फका खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । रुस्लान थ्रीस्टार क्लब प्रतियोगिताको साविक विजेता हो ।