काठमाडौं। अदालतद्वारा अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटी (एनओसी) का १६ वटा खाता पूर्णरुपमा रोक्का गरिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले एनओसीको खाता रोक्का गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई निर्देशन दिएको थियो। राखेपले बैशाख ७ गते विभिन्न नौ बैंकमा रहेका एनओसीको खाता रोक्नको लागि पत्राचार गरेको थियो।
सोही अनुसार नेपाल राष्ट्र बैंकले बिहीबार एनओसीका विभिन्न नौ बैंकमा रहेका १६ वटा खाताको रोक्का गरेको हो।
मन्त्रालयका अनुसार बिहीबार नौ वटै बैंकले आफु मातहतमा रहेका एनओसीको खाता रोक्का भएको जानकारी राष्ट्र बैंकले गराएको छ।