काठमाडौं । सन्योग कपालीले प्रथम मेयर कप ललिपतुर महानगरपालिका अन्तर वडा टेबलटेनिसअन्तर्गत पुरुष सिंगल्सको समूह ‘ए’ मा स्वर्ण जितेका छन् ।
फाइनलमा सन्योगले डिकेन महर्जनलाई पराजित गरे । सोही स्पर्धाको समूह ‘बी’ मा निशान प्रधानले स्वर्ण जिते ।
त्यस्तै यु–१६ सिंगल्सको ब्वाइजमा रविन महर्जन र गल्र्समा समिरा श्रेष्ठ, भेट्रान सिंगल्सको ४० वर्षमाथि राजेन्द्र वज्राचार्य र ५० वर्षमाथि किरण ब्यञ्जनकार तथा लेडिज ओपनमा लस्ता महर्जनले पहिलो स्थान हात पारे ।
पुरुष टिममा वार्ड नं. १६ पहिलो भयो ।