काठमाडौं। आर्सनलका विंगर बुकायो साका लामो समयको चोटपछि टिममा फर्किन तयार भएका छन्। उनले मंगलबार प्रिमियर लिगमा फुलहमविरुद्ध खेल्न सक्नेछन्।
आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले सोमबार पुष्टि गर्दै भने, बुकायो खेल्न तयार छन्। उनले खेलको सुरुआतमै स्थान पाउन सक्ने संकेत दिए।
साका गत डिसेम्बरदेखि मैदानबाहिर थिए। ह्यामस्ट्रिङ चोटका कारण उनको सर्जरी गरिएको थियो। उनको अनुपस्थितिमा दोस्रो स्थानको आर्सनल लिग लिडर लिभरपुलभन्दा १२ अंकले पछाडि परेको छ।
तर साकाको पुनरागमन टोलीका लागि ठूलो प्रेरणा बन्न सक्छ। अर्को साता आर्सनलले च्याम्पियन्स लिग क्वार्टरफाइनलमा रियल मड्रिडविरुद्ध पहिलो लेग खेल्नेछ।