काठमाडौं। आरसिटी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ।
सादतदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा आरसिटीले नयाँ बस्ती क्लबलाई २–१ ले पराजित गरेको हो। यो नतिजासँगै आरसिटीले तीन खेलबाट तीन अंक पुर्याएको छ।
नयाँ बस्तीको भने समान खेलबाट तीन अंक नै छ।
आरसिटीका प्रज्जवल गुरुङ र निखिल तामाङले समान एक गोल गरे। पूर्णबहादुर गुरुङले सान्त्वना गोल फर्काए।
खेलको १०औं मिनेटमै प्रज्जवले आरसिटीलाई सुरुआती अग्रता दिलाएका थिए। २१औं मिनेटमा पूर्णबहादुरले खेल बराबरीमा ल्याए।
६४औं मिनेटमा निखिलले गोल गर्दै आरसिटीलाई २–१ को जित दिलाए।