सरस्वतीको अपराजित यात्रामा टुसालको ‘ब्रेक’
आइतबार, चैत १६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। सरस्वती युथ क्लबको अपराजित यात्रामा ब्रेक लगाउँदै टुसाल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा सरस्वतीलाई टुसालले १–० ले पराजित गरेको हो। जितसँगै टुसालले तीन खेलबाट पाँच अंक पुर्याएको छ।
टुसालले यसअघिका दुई खेल बराबरी खेलेको थियो। सरस्वतीको भने समान खेलबाट ६ अंक छ।
कमल विश्वकर्माले खेलको पहिलो मिनेटमा गोल गरेका हुन्। उनले देवराज तामाङको क्रसमा गोल गरेका हुन्।











-1763569877271.jpg&w=3840&q=75)



