बिहिबार, मंसिर ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

बलियो चर्च ब्वाइजलाई एपिएफको चुनौती

शनिबार, चैत १५, २०८१खेलपाटी संवाददाता
बलियो चर्च ब्वाइजलाई एपिएफको चुनौती
Classic Tech Internet Ad

बुटवल। २३औं तिलोत्तमा गोल्डकपको उपाधिका लागि शनिबार चर्च ब्वाइज युनाइटेड क्लब र विभागीय टोली एपिएफ भिड्दै छन्। 

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा खेल अपरान्ह्र ४ बजे सुरु हुनेछ। उक्त खेलको प्रत्यक्ष प्रसारण खेलपाटी टिभी (युट्युब) मार्फत हुनेछ।

अबायोमी फाकुल्नेको कप्तानीमा रहेको चर्च ब्वाइजले दोस्रो सेमिफाइनलमा लिग प्रतिद्वन्द्वी मच्छिन्द्र फुटबल क्लबमाथि ४–१ को सानदार जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो।

यस सिजन बुढासुब्बा, झापा गोल्डकपलगायत मुख्य प्रतियोगिता जितिसकेको चर्च आफ्नो पाँचौं उपाधि उचाल्ने लक्ष्यमा छ। नियमित देखिरहेका भन्दा विपरीतका खेलाडी लिएर मैदान उत्रिरहेको चर्च ब्वाइजलाई यसपल्ट विदेशी खेलाडीको बलियो साथ छ। यही साथमा चर्च ब्वाइजले फाइनलसम्मको यात्रा तय गरेको हो।

चर्च ब्वाइजका अमार्न्ड बेएडुम निक्कै उत्कृष्ट लयमा छन्। जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उनी दोस्रो खेलाडी हुन्। उनकै सानदार प्रदर्शनमार्फत चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो। कप्तान फाकुल्नेले पनि उनलाई बलियो साथ दिइरहेका छन्।

यता, विभागीयमा अवसर खोजिरहेका खेलाडीलाई लिएर मैदान उत्रिएको एपिएफले भने संघर्षपूर्ण जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो। एपिएफले क्वार्टरफाइनल र सेमिफाइनल दुवैमा समान १–० को जित निकालेको हो। पहिलो खेलमा आयोजक रुपन्देहीलाई हराएको एपिएफले सेमिफाइनलमा संकटा क्लबलाई पाखा लगाएको थियो। फिनिसिङमा समस्या रहेको एपिएफ उक्त स्थानमा सुधार गरेर उपाधि जित्ने लक्ष्यमा हुनेछ।

प्रतियोगिताको विजेता टिमले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेता टिमले ६ लाख, ६६ हजार ६६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत गरिने छ। 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगञ्जको पुनरागमन जित

नेपालगञ्जको पुनरागमन जित

दाजुभाइको निराशाजनक सुरुआत

दाजुभाइको निराशाजनक सुरुआत

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

Bajaj Pulsar Motorcycle Ad
लुम्बिनीको पहिलो खेलमै जित

लुम्बिनीको पहिलो खेलमै जित

 महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

नेपालगञ्जको पुनरागमन जित

नेपालगञ्जको पुनरागमन जित

दाजुभाइको निराशाजनक सुरुआत

दाजुभाइको निराशाजनक सुरुआत

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य

रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य

७ गते खेलाडीसहित बस्ने गरि सकियो एन्फा र क्लबको  बैठक

७ गते खेलाडीसहित बस्ने गरि सकियो एन्फा र क्लबको बैठक

८९६ दिनदेखि लिग कसको कारण रोकियो?

८९६ दिनदेखि लिग कसको कारण रोकियो?