काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा शनिबार दुई विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ। काठमाडौं पहिलो संस्करणको विजेता हो। ललितपुरले भने दोस्रो संस्करणमा पुगेर उपाधि चुम्न सफल भएको हो। ललितपुर यस संस्करण उपाधि रक्षा गर्ने दाउमा हुनेछ। काठमाडौं भने पहिलो संस्करणको सफलता उल्टाउने लक्ष्यमा छ।
ललितपुर र काठमाडौं तीनपल्ट आमुन्नेसामुन्ने भएका छन्। पहिलो संस्करणमा यी दुई टोली लिग चरणमै भिडेका थिए। उक्त खेलमा काठमाडौं १–० ले विजयी भएको थियो। दोस्रो संस्करणमा भने दुईपल्ट यी टोलीको भेट भएको थियो।
लिगचरणमा काठमाडौंले १–० कै जित निकालेको थियो। तर, प्लेअफमा भने ३–० को सानदार जित निकाल्दै ललितपुरले पुनरागमन गरेको थियो। काठमाडौंविरुद्ध उत्रिँदा ललितपुर उक्त इतिहासलाई दोहोर्याउने लक्ष्यमा छ।