काठमाडौं। कप्तान रजत पाटीदारको अर्धशतकसँगै रोयल च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई १९७ रनको विशाल लक्ष्य दिएको छ।
एमए चिदामबरम स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बैंग्लुरुले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९६ रन बनाएको हो।
बैंग्लुरुका कप्तान रजतले सर्वाधिक ५१ रन बनाए। ३२ बल खेलेका उनले चार चौका र तीन छक्का प्रहार गरे। फिल साल्ट ३२, विराट कोहली ३१, देव दत्तपडिकल २७ र जितेश शर्मा १० रनमा आउट हुँदा टिम डेभिड २२ रनमा अविजित रहे।
अन्यको ब्याट भने चल्न सकेन। चेन्नईका नूर अहमदले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए।