बिहिबार, मंसिर ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

काठमाडौंबाहिर नजाने भयो एनएसएल !

शुक्रबार, चैत १४, २०८१खेलपाटी संवाददाता
काठमाडौंबाहिर नजाने भयो एनएसएल !
Classic Tech Internet Ad

काठमाडौं। पछिल्लो समय नेपालमा हुने प्रमुख फुटबल प्रतियोगिता उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरमै सीमित भइरहेका छन्।

चाहे त्यो एन्फाले आयोजना गर्ने ‘ए’ डिभिजन लिग होस् वा निजी क्षेत्रद्वारा सञ्चालित नेपाल सुपर लिग (एनएसएल)। नेपाली फुटबलको विकासका लागि मोफसलमा लिग विस्तार हुनै पर्छ भन्ने आवाज उठेको वर्षौंअघिदेखि हो। तर, यी प्रतियोगिता आयोजना गर्ने निकायले भने मनन गरेर उपत्यकाको घेरा तोड्ने छाँटकाँट न देखाएन।

यसपल्ट यो घेरा एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले तोड्ने दाबी गरेको थियो। एनएसइएमका प्रबन्ध निर्देशक श्रेयांश कार्कीले खेलपाटीसँगको कुराकानीमा तेस्रो संस्करण पहिलोपल्ट काठमाडौंबाहिर लैजाने घोषणा गरेका थिए।

उत्सुक हुँदै उनले सुनाएका थिए, ‘तेस्रो संस्करणका लागि छिट्टै भेन्यु घोषणा गर्दैछौं। हामी हालै दुई–चार सहरको रेकी गरिरहेका छौं।’ एनएसएलको तेस्रो संस्करणलाई उपत्यका बाहिर लाने योजनाले प्रशंसा पनि बटुलेको थियो।

यसले अन्य सहरमा फुटबलको क्रेजलाई थप प्रोत्साहन दिने विश्वास व्यक्त गरिएको थियो। तर, त्यो रेकी अन्ततः रेकीमै सीमित रहने भएको छ। अर्थात् योपल्ट पनि एनएसएल काठमाडौं उपत्यकाबाहिर नजाने पक्का भएको छ। 

‘तेस्रो संस्करण काठमाडौं बाहिर लैजाने योजना थियो। तर,अहिलेको अवस्थामा सम्भव देखिएन,’ एनएसइएमका एक पदाधिकारीले भने। २०१२ मा अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुटवल र पोखरामा राष्ट्रिय लिग आयोजना गरेको थियो।

त्यसको सात वर्षपछि कर्मा छिरिङ शेर्पाले एन्फा हाँकी रहँदा पहिलोपल्ट सन् २०१ मा ‘ए’ डिभिजन लिग पोखरामा लगे। मनाङले ‘होम गेम’ आफ्नै मैदानमा खेल्यो।

मनाङका समर्थकले पनि पोखरा बाहिरका क्लबलाई खुलेरै स्वागत गरे। त्यसैले फुटबलका अधिकांश प्रतियोगिताका खेल बाहिर नै जाने आकलन गरिएको थियो। त्यही वर्ष सुरु भएको एनएसएलका केही खेल पनि पोखरा नै जाने आशा गरिएको थियो।

तर, कोरोना महामारीबीच एनएसएल सुरु भयो। उक्त समय सुतेको फुटबललाई ब्युँझाउन एनएसएलले बन्द रंगशालामा प्रतियोगिता गरायो। तर, दोस्रो संस्करणमा पुग्दा स्थिति सामान्य भएपछि प्रतियोगिताका केही खेल काठमाडौं बाहिर पनि लैजाने घोषणा गरेको थियो।

यद्यपि, दोस्रो संस्करण पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै सीमित हुन पुग्यो। तर, उक्त संस्करणमा ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको फाइनलमा उपस्थित भीड र मोफसलमा यसअघि देखिएको फुटबल क्रेजलाई मध्यनजर गर्दै केही खेल बाहिर लैजाने तयारी गरेको एनएसइएमले सुनाएको थियो।

तेस्रो संस्करण सुरु हुन एक दिन बाँकी छ। तर, एनएसइएमले अझै खेल कहाँ कहाँ हुने हो ? भन्नेसमेत खुलाएको छैन। खेल स्थान तय नगरि १५ दिनअघि नै सार्वजनिक गरिएको खेल तालिकामा समेत दशरथ रंगशालामै सम्पूर्ण खेल हुने भन्ने पनि पनि यकिन गरेको छैन। यद्यपि, एनएसइएमले रंगशालामै सम्पूर्ण तयारी थालिसकेको थियो। त्यसैले यो संस्करण पनि काठमाडौं सीमित हुने पक्का भएको हो। 

एनएसइएम प्रतियोगिताका केही खेल बाहिर लैजाने आफ्नो योजना भए पनि खर्चले धान्न नसक्ने स्थिति रहेको सुनाउँछ। ‘अहिले क्लबहरूको आर्थिक हिसाबले यो सम्भव भएन। बाहिर लैजाने बित्तिकै खर्च बढ्ने भयो,’ ती पदाधिकारीले भने।

क्लबले यसअघिका दुई सिजनमै सातदेखि १० करोड खर्च गरिसकेका छन्। यी सिजन कोरोनाले प्रभावित भएको कारण खर्च उठाउनसमेत नसकेको क्लबका पदाधिकारी दाबी गर्छन्।

यस्तोमा प्रतियोगिता काठमाडौंमै सीमित गराएर खर्च घटाउने र क्लबलाई राहत दिने योजना एनएसइएमले बनाएको छ। यसले नेपाली फुटबल उपत्यकाको खाल्डोबाहिर जान अझै कुर्नुपर्ने संकेत गरेको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगञ्जको पुनरागमन जित

नेपालगञ्जको पुनरागमन जित

दाजुभाइको निराशाजनक सुरुआत

दाजुभाइको निराशाजनक सुरुआत

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

Bajaj Pulsar Motorcycle Ad
लुम्बिनीको पहिलो खेलमै जित

लुम्बिनीको पहिलो खेलमै जित

 महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

नेपालगञ्जको पुनरागमन जित

नेपालगञ्जको पुनरागमन जित

दाजुभाइको निराशाजनक सुरुआत

दाजुभाइको निराशाजनक सुरुआत

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य

रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य

७ गते खेलाडीसहित बस्ने गरि सकियो एन्फा र क्लबको  बैठक

७ गते खेलाडीसहित बस्ने गरि सकियो एन्फा र क्लबको बैठक

८९६ दिनदेखि लिग कसको कारण रोकियो?

८९६ दिनदेखि लिग कसको कारण रोकियो?