काठमाडौं । नेपालका नम्बर एक टेबल टेनिस खेलाडीद्वय नविता श्रेष्ठ र सान्टु श्रेष्ठ स्ट्याग इन्टरनेसनलको ब्राण्ड एम्बासडर बनेका छन् ।
भारतीय कम्पनी टेबल टेनिस खेल सामग्री निर्माण कम्पनी स्ट्याग इन्टरनेसनलले मंगलबार नविता र सान्टुलाई ब्राण्ड एम्बासडर घोषणा गरेको हो । नविता महिलातर्फ र स्यान्टु पुरुषतर्फ नेपालका नम्बर एक खेलाडी हुन् ।
नविता र सान्टुलाई स्ट्यागले २ वर्ष लागि ब्राण्ड एम्बासडर बनाएको हो । स्ट्यागले पहिलो पटक नेपाली खेलाडीलाई ब्राण्ड एम्बासडर चयन गरेको हो ।
सम्झौता अनुसार स्ट्याग इन्टरनेसनलले दुवै खेलाडीलाई २ वर्षसम्म खेल सामग्री उपलब्ध गराउने छ । दुवैले अब प्रतियोगितामा स्ट्याग कम्पनीको खेल सामग्री र पोशाक लगाउने छन् ।
सम्झौतापछि बोल्दै नविताले स्ट्याग जस्ता अन्तराष्ट्रिय कम्पनीबाट सहयोग पाउदा खुसी लागेको र खेलमा राम्रो गर्न थप हौसला मिलेको बताईन् ।
कार्यक्रममा नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजबैद्यले कम्पनीको तर्फबाट सम्झौता पत्र खेलाडीले प्रदान गरेका थिए । कार्यकममा टेबल टेनिस संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।