काठमाडौं। भुटानले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटमा फिफा वरीयतामा आफूभन्दा २४ स्थानमाथि रहेको यमनलाई बराबरीमा रोक्दै इतिहास रचेको छ।
चाङलिमिथाङ रंगशाला मंगलबार सम्पन्न समूह ‘बी’ को पहिलो खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन्।
अन्तर्राष्ट्रिय फुटबलमा भुटानले यमनलाई पहिलोपल्ट बराबरीमा रोकेको हो। यसअघि भएका तीन खेलमा भुटानले १९ गोल खाँदा दुई मात्रै फर्काएको थियो।
१८ फेब्रुअरी २००० मा भएको पहिलो भेटमा भुटानलाई यमनले ११–२ ले पराजित गरेको थियो। यो नै यमनको अन्तर्राष्ट्रिय फुटबल यात्रामा निस्किएको सबैभन्दा ठूलो जित हो। त्यसको दुई वर्षपछि भएको दुई भेटमा समान ४–० को जित निकालेको थियो। यी सबै खेल एसियन कप छनोटअन्तर्गता थिए।