काठमाडौं। नेपालले हारबाट एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटमा सुरुआत गरेको छ।
सुल्तान इब्राहिम स्टेडियममा मंगलबार सम्पन्न समूह ‘एफ को पहिलो खेलमा नेपाल घरेलु टोली मलेसियासँग २–० ले पराजित भएको हो। यो नतिजासँगै मलेसियाले तीन अंक जोडेको छ। खेलको २९औं मिनेटमै मलेसियाले सुरुआती अग्रता लिएको थियो।
पोर्चुगाली क्लब पोर्टिमोनेन्सका खेलाडी हेक्टर हेभलले मलेसियाली जर्सीमा डेब्यु खेलमै गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका हुन्। उनी नेदरल्यान्ड्समा जन्मिएका हुन्।
त्यसपछि नेपालले ४० मिनेट मलेसियालाई रोकेको थियो। तर, ७०औं मिनेटमा दोस्रो गोल खाएको हो। ला’भेरे कोर्बिन–अङले गोल गरेका हुन्।
फ्रिकिकबाट सुरु भएको उत्कृष्ट सेटअप प्लेमा अरिफ आइमान हनापीले पास मिलाउँदै अङलाई अवसर दिलाएका थिए। जसमा उनले कुनै गल्ती गरेनन्।