शतकबाट चुके श्रेयस
मंगलबार, चैत ११, २०८१खेलपाटी संवाददाता

काठमाडौं। कप्तान श्रेयस अय्यरको आक्रामक ब्याटिङसँगै पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सलाई २४४ रनको विशाल लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २४३ रन बनाएको हो।
कप्तान श्रेयसले सर्वाधिक ९७ रन बनाए। ४२ बल खेलेका उनले पाँच चौका र नौ छक्का प्रहार गरे। प्रियान्स आर्य ४७, मार्कस स्टोइनिस २० र अज्मतुल्लाह ओमारजाई १७ रनमा आउट हुँदा शशांक सिंह ४४ रनमा अविजित रहे।
गुजरातका साई किशोरले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३० रन खर्चिए। कागिसो रबाडा र राशिद खानको नाममा समान एक विकेट रह्यो।












-1763569877271.jpg&w=3840&q=75)
