काठमाडौं। नेपाल एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटमा मलेसियासँग पहिलो हाफमा पछि परेको छ।
सुल्तान इब्राहिम स्टेडियममा जारी खेलमा घरेलु टोलीले १–० को अग्रता लिएको हो। खेलको २९औं मिनेटमै मलेसियाले सुरुआती अग्रता लिएको थियो।
पोर्चुगाली क्लब पोर्टिमोनेन्सका खेलाडी हेक्टर हेभलले मलेसियाली जर्सीमा डेब्यु खेलमै गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका हुन्।