काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्रानमन्त्री निवास बालुवाटरमा शुक्रबार उक्त पुरस्कार प्रदान गरेका हुन्।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा गत फागुन ७ गते सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका १० जनालाई पुरस्कृत गर्ने घोषणा गरेको थियो। जसअनुसार सावित्रा पनि सम्मानित भएकी हुन्। तर, सम्मान कार्यक्रममा उनी भने सहभागी थिइनन्। उनको बुबाले उक्त सम्मान थापेका थिए।
साम्बाले फ्रान्सको अभान्ट ग्वेन्ग्याम्पबाट शीर्ष श्रेणीको लिगमा खेल्दै आएकी छन्। उनी उतै व्यस्त छिन्। उनी नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन्।
उनले राष्ट्रिय जर्सी सर्वाधिक ५८ गोल गरेकी छन्।