गोलको खडेरीमा एमबाप्पे

काठमाडौं। किलियन एमबाप्पे र उस्मान डेम्बेलेको आक्रमणलाई रोक्दै क्रोएसियाले नेसन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा फ्रान्सलाई २–० ले हराएको छ।
एन्ते बुडिमिरले २६औं मिनेटमा इभान पेरिसिचको क्रसमा हेडरमार्फत गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए। फ्रान्सका गोलकिपर माइक मेननले बल रोक्न खोजे पनि लाइन पार गरिसकेको थियो।
पेरिसिचले पहिलो हाफको इन्जुरी समयमा अर्को गोल गर्दै क्रोएसियाको अग्रता दोब्बर बनाए। योसँगै पेरिसिचले ६ महिनापछि राष्ट्रिय टोलीमा फर्केका एमबाप्पेको पुनरागमनलाई निराश बनाएका छन्।
खेलको आठौं मिनेटमा आन्द्रेज क्रामारिचको पेनाल्टी प्रहार मेननले उत्कृष्ट बचाउ गर्दै रोकिदिएका थिए। एमबाप्पेले पहिलो हाफमा डोमिनिक लिभाकोभिचलाई केही अवसरमा चुनौती दिए। तर, क्रोएसियन गोलकिपरले उत्कृष्ट बचाउ गर्दै उनलाई गोल गर्न दिएनन्। एमबाप्पे र डेम्बे दुवैले यस सिजन क्लबबाट ३० गोल पार गरिसकेका छन्।
रियल मड्रिडका स्टार एमबाप्पेले फ्रान्सको कप्तानी गरेका थिए। सेप्टेम्बर ६ मा इटालीसँगको ३–१ को हारपछि उनको यो पहिलो अन्तर्राष्ट्रिय खेल थियो।
२६ वर्षीय एमबाप्पे फ्रान्सको सर्वकालीन शीर्ष स्कोरिङ सूचीमा ४८ गोलसहित तेस्रो स्थानमा छन्। तर, उनले पछिल्ला १३ अन्तर्राष्ट्रिय खेलमध्ये मात्र दुई खेलमा गोल गरेका छन्।
अन्य पहिलो लेगका क्वार्टरफाइनल खेलमा जर्मनीले इटालीलाई २–१ ले हराउँदै पुनरागमन जित निकाल्यो। डिफेन्डिङ च्याम्पियन स्पेनले १० खेलाडीमा सीमित नेदरल्यान्ड्ससँग २–२ को बराबरी रोक्न अन्तिम समयमा गोल फर्कायो भने डेनमार्कले पोर्चुगललाई १–० ले पराजित गर्यो।
विजेताहरूले जुन ४–८ मा आयोजना हुने चार टोलीको फाइनल प्रतियोगितामा छनोट हुनेछन्। दोस्रो लेगका खेलहरू आइतबार निर्धारित छन्।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



