काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल र चीनबीचको प्रदर्शनी खेलको क्रममा खुट्टा भाँचिएका आशिष राईलाई ३ लाख १५ हजार रकम हस्तान्तरण गरिएको छ ।
रोयल नेपाल एफसी, फोर्थवर्थ राइजिङस्टार, राहुल भट्टराई, डीएफडब्ल्यू, हिमालय एफसी, आशिष भट्टराई र टोली, युलेस रोयल एफसी र अभियानलाई समर्थन गर्ने विभिन्न संस्था, क्लब र व्यक्तिहरूको सहयोगमा सो रकम संकलन गरिएको थियो ।
शनिबार सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले सो रकम राईलाई हस्तान्तण गरेका छन्।
प्रलय राज भण्डारीको नेतृत्वमा सुरु भएको सहयोग अभियानमा चेम्जोङले थप १५ हजारको आवश्यक सामाग्री प्रदान गरेका थिए ।
सम्भावना बोकेका युवा फुटबल आशिषको मैत्रीपूर्ण खेलको दौरान गम्भिर खुट्टामा चोट बोकेका थिए ।