शुक्रबार, मंसिर ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

४१ वर्षपछि भिल्लाको सानदार उडान

बिहिबार, फागुन २९, २०८१खेलपाटी संवाददाता
४१ वर्षपछि भिल्लाको सानदार उडान
Classic Tech Internet Ad

काठमाडौं। अन्तिम सिट्टी लगत्तै स्टेडियमभरि पटाका पड्किए। यो ‘सेलिब्रेट अरु केही को थिएन। यो त ४१ वर्षपछि युरोपको शीर्ष प्रतियोगिता च्याम्पियन्स लिगमा फर्किएको एस्टन भिल्लाको सानदार यात्राको सम्मानमा गरिएको हो।

बुधबार राति भएको खेलमा भिल्लाले क्लब ब्रुग्गेलाई ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनायो। भिल्लाको जितमा सबैभन्दा ठूलो प्रभाव मार्को एसेन्सियोको रह्यो। उनले दोस्रो हाफमा मैदान छिरेर दुई गोल गरे।

च्याम्पियन्स लिग इतिहासमा सबैभन्दा धेरै गोल गर्ने ‘सब्स्टिट्युट’ खेलाडीको रूपमा परिचित एसेन्सियोले यस खेलमा फेरि आफ्नो प्रभाव देखाए। उनले ५१ खेलमा १२औं पटक ‘सब्स’ भएर गोल गर्ने कीर्तिमान बनाएका छन्।

अब एसेन्सियोको अगाडि उनकै पूर्वक्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) छ। पिएसजीलाई हराएर भिल्ला सेमिफाइनल पुग्नुपर्नेछ।

२९ वर्षीय स्पेनिस फरवार्ड रियल मड्रिडमा झण्डै १० वर्ष बिताएपछि पिएसजी गएका थिए। तर, त्यहाँ उनले खासै प्रभाव पार्न सकेनन्। यही कारण युरोपको विन्टर ट्रान्सफर विन्डोको अन्तिम दिन भिल्ला आए। उनले हालसम्म पाँच खेलमा सात गोल गरिसकेका छन्।

उनले क्लब ब्रुग्गेविरुद्ध पहिलो लेगमा पेनाल्टीमार्फत गोल गरे। बुधबारको खेलमा उनले ५०औं र ६१औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए। ‘हामी सबै नयाँ खेलाडीहरू अझै अनुकूल हुँदैछौं,’ एसेन्सियोले भने।

उनले मार्कस रासफोर्ड र एक्सेल डिसासीलाई संकेत गर्दै भने, ‘हामी सही दिशामा छौं, यसरी नै निरन्तर अगाडि बढ्नुपर्छ। म यहाँ धेरै सहज महसुस गरिरहेको छु। टिम, समर्थक र सहर सबैसँग खुसी छु।’

भिल्लाको जितलाई ब्रिटेनका राजकुमार विलियमले पनि ‘सेलिब्रेट’ गरे। उनी आफ्नो मनपर्ने टोली भिल्लाको खेल हेर्न ‘भिल्ला पार्क’ मा उपस्थित थिए।

उनले खेलको अघिल्लो दिन भिल्लाको प्रशिक्षण केन्द्र ‘बडिमोर हेथ’ पुगेर खेलाडीहरूलाई शुभकामना दिएका थिए। भिल्लासँगै आर्सनल पनि अन्तिम आठमा पुगेको छ। आर्सनलले क्वार्टरफाइनलमा १५ पल्टको च्याम्पियन रियल मड्रिडको सामना गर्दा भिल्लाले पहिलो उपाधिको खोजीमा रहेको पिएसजीलाई चुनौती प्रस्तुत गर्नेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

नेपालगञ्जको पुनरागमन जित

नेपालगञ्जको पुनरागमन जित

Bajaj Pulsar Motorcycle Ad
एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

 एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

 एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

चितवनका रिजनलाई कारबाही

चितवनका रिजनलाई कारबाही

लगातार दबाबमा पोखरा, सुदूरपश्चिमविरुद्ध पुनरागमनको आश

लगातार दबाबमा पोखरा, सुदूरपश्चिमविरुद्ध पुनरागमनको आश

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

लुम्बिनीको पहिलो खेलमै जित

लुम्बिनीको पहिलो खेलमै जित

 महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित