काठमाडौं। रियल मड्रिडले बुधबार पेनाल्टी सुटआउटमा एट्लेटिको मड्रिडलाई पराजित गर्दै च्याम्पियन लिगको अन्तिम आठमा स्थान सुरक्षित गरेको छ।
निर्धारित समयमा एट्लेटिकोले १-० को जित दर्ता गरेपछि समग्र स्कोर २-२ बराबरी भएको थियो। यसअघि रियलले नकआउट प्लेअफमा म्यानचेस्टर सिटीलाई हराएको थियो।
क्वार्टरफाइनलमा अब रियलको सामना इङ्ग्लिस क्लब आर्सनलसँग हुनेछ। आर्सनलले पिएसभी इन्धोभेनलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो। पहिलो लेग अप्रिल ८ वा ९ मा लन्डनमा खेलिनेछ भने दोस्रो लेग अप्रिल १५ वा १६ मा मड्रिडमा हुनेछ।