काठमाडौं। ब्राजिल तथा रियल मड्रिडका पूर्वडिफेन्डर मार्सेलोका छोरा एन्जो अल्भेसलाई स्पेनको यु–१७ राष्ट्रिय टोलीमा बोलाइएको छ।
१५ वर्षीय फरवार्ड अल्भेसलाई पहिलोपल्ट स्पेनको उमेर समूहको टोलीमा बोलाइएको हो। उनी स्पेनको राजधानी मड्रिडमा जन्मिएका थिए।
अल्भेसले सन् २०२२ मा पहिलोपल्ट रियल सँग सम्झौता गरेका थिए। त्यसको एक वर्षपछि स्पेनको तर्फबाट खेल्ने निर्णय उनले गरेका थिए।
उनका पिता मार्सेलोले रियलमा १६ सिजन बिताएका थिए। गत वर्ष ब्राजिली क्लब फ्लुमिनेन्ससँग आबद्ध भएपछि उनले आफ्नो खेल जीवनबाट सन्यास लिएका थिए।